हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न


नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाण्डौंमा इन्डो एसियन मिट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) – साईनोरा नेपाली बजारमा ल्याएको छ ।

गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रब्युसन बोर्ड तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ ।

प्रभाकर शमशेर थापा (उपाध्यक्ष–गोल्छा ग्रुप) र विपिन गुप्ता (जोनल हेड, इन्टरनेशनल मार्केटिङ –इन्डोएसियन) ले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज,साईनोराको अनावरण गरका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।