राइड वा ड्राइभ, किनमेल वा डेलिभरी, पठाउनुहोस् वा प्राप्त गर्नुहोस्ः सबै डिल्सका लागि एउटै एप–इन्ड्राइभ


विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इन्ड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू र कम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोट गर्न अनुमति दिएर नेपालमा राइड–सेयरिङ उद्योगलाई ससक्तरुपमा अगाडि बढाईरहेको छ।

२०२२ देखि काठमाण्डौंमा आफ्नो सेवाहरू सुरु गरेको इन्ड्राइभले त्यसबेलादेखि ग्राहकहरूलाई उनीहरूको आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिइरहेको छ । 

राइड–हेलिङ (एपीएसी) इनड्राइभका डाइरेक्टर रोमन एर्मोसिनले भने, “एक्सपान्सन, ग्रोथ , कस्टमर स्याटिस्फ्याक्सन तथा सेफ्टीलाई पछ्याएर, हामी उत्कृष्ट नतिजाहरू कायम राख्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्दै आएका छौं,” ।

वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर (स्वतन्त्र चालकहरू) हाल इन्ड्राइभ (इनर ड्राइभ) को रुपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ। इन्ड्राइभ यात्रुहरुद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड–हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभले प्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुन सक्द छन् ।

आज, इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।