सिटिजन लाइफको आईपीओ बाँडफाँड, ९ लाख जनाले पाए

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ भदौ २८ गते बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो २ बजे सेयर बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएकाे बाँडफाँडमा ९ लाख जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

आईपीओमा आवेदन गरेका कुल १५ लाख ८४ हजार ५९७ वटा आवेदन मार्फत १करोड ७५ लाख ६८ जहजार ७५० कित्ता सेयर खरिदको माग परेको थियो । जसमध्ये १४ लाख ७ हजार २३७ जनालाई आइपीओ बाँडफाँडमा सहभागि गराइएको थियो । योग्य आवेदकमध्ये नै ५ लाख ७ हजार २३७ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा ९० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरिएको थियो ।

कुल जारी सेयरमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल सेयरको ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । त्यसैगरी, कुल निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बाँडफाँड गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।