शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सयमा पाइने


नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ तोकेको छ । महासंघका अनुसार हिजोको तुलनामा सुनको भाउ आज ६ सय रुपैयाँ बढेको हो । बिहीबार सुन १ लाख ११ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ । बिहीबार तेजावी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१५ दशमलव ६६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ भदौ २०८०, शुक्रबार  १० : ४१ बजे