सेवा हाइड्रोले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुने


सेवा हाइड्रो लिमिटेड कम्पनीले असोज २० गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैंठकले कम्पनी रजिष्टर्ड कार्यालय, थापागाँउ, बानेश्वरमा दिउँसो ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न सभा डाकेको हो । जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई बाँडफाँड गर्ने गर्नुका साथै सभाले कम्पनीको प्रमोटर र पब्लिक संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै सभाले सेयरको सार्वजनिक निष्काशन पश्चात प्राप्त हुने कुल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पुरा गर्न खर्च गर्न स्वीकत गर्ने, लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदन प्रस्तुत तथा स्वीकृत गर्ने छ भने लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९\०८० को वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्ने छ । यसका साथै सभाले आ.व. २०८०\०८१ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २९ भदौ २०८०, शुक्रबार  ११ : २५ बजे