तीज अफर : नगद उपहार र बैंकिङ सेवामा विशेष छुट, टिकटक च्यालेन्जदेखि सेल्फी प्रतियोगिता


नेपाली हिन्दु नारीहरुको पर्व तीजलाई लक्षित गरेर बैंक तथा वित्तीय संस्था लगायत अन्य संस्थाहरुले विभिन्न अफर र छुटको सुविधा ल्याएका छन्। तीजको अवसरमा नारीहरुलाई लक्षित गर्दै ती संस्थाहरुले आकर्षक सुविधा ल्याएका हुन ।

तीजका अवसरमा नविल बैंकले तीज विशेष अफर अनुसार ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकलाई पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्ने सुविधा ल्याएको छ । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरेको छ।

यस्तै गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । उक्त गितमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई ३० हजार द्धितियलाई २० हजार, तृतियलाई १० हजार र बाँकि ७ वटा भिडियोलाई जनही ५ हजार सान्त्वना पुरस्कार राशि प्रदान गर्ने बताएको छ।

यस्तै गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ । क्यापिटलले भदौ १७ गतेदेखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो । यस्तै नेपाल टेलिकमले पनि ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । भदौ २४ गतेदेखि प्रारम्भ भएको उक्त च्यालेन्जमा आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिनेछ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ । यसअनुसार बैंकले च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् भने सान्त्वना पुरस्कारका रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गर्ने छ ।

यस्तै मञ्जुश्री फाइनान्स लिमिटेडले भाटभटेनी सुपर मार्केटमा एक हजार रुपियाँ भन्दा माथिको विल भुक्तानी गर्दा यस वित्तीय संस्थाको मोवाईल बैंकिङ्ग एप मार्फत विल भुक्तानी गरेमा १५० देखि ३५० रुपैयाँसम्म छुटको व्यवस्था ल्याएको छ । यो योजना भाद्र २८ गते देखि आश्विन ३ गतेसम्म लागु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।