चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउन “यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ”

0
Shares

चाडपर्वको नजिकिँदै गर्दा नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ’ उपहार योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस योजनासँगै दशैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने तयारी गरिरहेको छ । यो चाडपर्वको सिजनमा यमाहा मोटरसाइकल र स्कुटर मार्फत स्पोटीनेश,स्टाइल/एक्साइटमेन्ट ल्याईरहेको कम्पनीले जनाएको छ ।

यामाहाको उत्पादन खरिद गर्नु केवल यातायातको एक माध्यम मात्र प्राप्त गर्नु नभई तर दीर्घकालसम्म राइडिङको आनन्दलाई पुनः परिभाषित गर्नु रहेको कम्पनीको भनाई छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजना अन्तर्गत, यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा ६ हजार देखि १ लाख रुपैयाँसम्मको र बाइक खरिद गर्दा ८ हजार देखि १ लाख सम्मको स्योर–सट क्यासब्याक, लक्की ड्र द्वारा दैनिक यामाहा राइडिङ ज्याकेट, आईफोन–१४ को साप्ताहिक उपहार, र प्रत्येक महीना भाग्यशाली विजेताले जापान जाने मौका समेत पाउनेछन् ।

एमएडब्लू टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने, ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ’ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं,यसचाडपर्वको सिजनमा, हामीले हरेक राइडलाई असाधारण बनाउन र हाम्रा ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य राखेका छौं । यामाहा सधैं स्पोर्टिनेस्, स्टाइल र एक्साईटमेन्टको पर्यायवाची रहेको छ, र यो योजना त्यही अनुभवलाई बढाउन डिजाइन गरिएको हो ।’

यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने तथा देशमा रहेका यामाहाका सबै आधिकारिक शोरूमहरूमा उपलब्ध हुने छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ । यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ ।

स्योर सर्ट क्यासब्याक, दैनिक यामाहा राइडिङ ज्याकेट, आईफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रा लगायत विभिन्न अफरहरू सहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको हो । यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू एजी फाइनान्समा पनि लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।