अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

0
Shares

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, आज १ युरोपियन युरोको खरिद दर १४१.५२ रहँदा बिक्री दर १४२.१६ रुपैयाँ तय भएको छ। आइतबार १ युरोपियन युरोको खरिद दर १४१.६७ र बिक्री दर १४२.३१ रुपैयाँ थियो।

यसैगरी, १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर आज १६४.५५ रुपैयाँ र बिक्री दर १६५.३० रुपैयाँ रहेको छ। आइतबार १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६५.१२ रुपैयाँ र बिक्री दर १६५.८७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।