टीभीएसको ‘हर मोडमा उमंग’ अफर, १० लाख रुपैयाँसम्म जित्नसक्ने

0
Shares

नेपालका लागि टिभिएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ ।

‘हर मोडमा उमंग’ अफर अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरीद गर्दा १० लाख रुपैयाँसम्म जित्ने कम्पनीले जानकारी दिएको छ ।

अफरमा स्कुटर वा मोटरसाइकल खरीद नगर्दै एक लाख जित्ने मौका समेत रहेको बताइएको छ । हरेक महीना शतप्रतिशत क्यासब्याक जित्ने अवसरका साथै एकजनाले बम्परमा १० लाख रुपैयाँसम्म जित्ने अवसर रहेको कम्पनीको भनाइ छ ।

एक्सचेन्जमा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरीद गर्न सकिने सुविधा पनि यस अफर अन्तर्गत छ । भदौ २८ गतेदेखि सुरू भएको यो योजना चाडपर्वको अवधिभर लागू हुने बताइएको छ ।

विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।