नाडा अटो शो २०२३ को ७६ हजारले गरे अवलोकन


राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको सवारी साधनको कुम्भ मेला नाडा अटो शो २०२३ मा ७६ हजार जनाले अवलोकन गरेका छन् । टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ ६ दिन सञ्चालन भएर आइतबार समापन भएको थियो ।

ब्यवस्थित रुपमा सञ्चालित प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका पछिल्लो मोडेलका सवारी साधनहरुका कारण प्रदर्शनी भब्य रुपमा सम्पन्न भएको नाडा अटोमाइल्स एशोसिएनले जनाएको छ । नयाँ ब्रान्डका सवारी साधनहरुका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेको नाडाले जनाएको छ । देशमा चलेको आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको पनि नाडाको दाबी छ ।

प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रा.लि (विवाइडी) प्रा.लिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नी मोटोनिक प्रा.लि (जावा) प्रालिले जितेको छ ।
त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इण्टरनेशनल प्रा.लि (फोर्स मोटर्स ) ले जितेको छ भने बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड पौडेल इण्टरप्राइजेज (लिक्वीइमोली स्टुडिओज्) ले जितेको छ । नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न तीन सदस्यि छनोट समिति समेत गठन गरेको थियो ।

नाडा अटो शो २०२३ को सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनर वर्ल्डलिंक थियो । नाडा अटो शो २०२३ व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ । विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न भनिएको छ ।

प्रदर्शनीमा सहभागी १२० कम्पनीहरुलाई मोमेण्टो समेत वितरण गरिएको नाडाले जनाएको छ । अटो शोको समापन कार्यक्रममा नाडाका अध्यक्ष डा. धु्रव थापाले नाडा अटो शो २०२३ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्थाहरुप्रति आभार प्रकट गरेका थिए । नाडा अटो शो २०२३ सम्पन्न गर्न अध्यक्ष थापा कै अध्यक्षतामा ११ सदसिय नाडा अटो शो सल्लाहकार समिति र नाडाका केन्द्रीय कार्य समिति सदस्य अनुप बरालको संयोजकत्वमा २३ सदसिय नाडा अटो शो २०२३ व्यवस्थापन समिति गठन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।