क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युटले दियो ब्रोकर कम्पनीका कर्मचारीहरुलाई तालिम

0
Shares

क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युट प्रालिको आयोजनामा ब्रोकर कम्पनीका कर्मचारीहरुलाई तालिम सम्पन्न भएको छ । भदौ २९ गते शुक्रबार स्टक ब्रोकर २२, सिप्रवी सेक्युरिटिज् प्रलि का कर्मचारीहरुलाई तालिम दिइएको हो ।

नेपालको पुँजीवजार संग आवद्ध रहेका नियामक निकायहरु, स्टक ब्रोकरहरु, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट बैंकरहरुका कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी वृतीविकासमा महत्वपूर्ण योगदान गर्ने उद्देश्यका साथ स्थापित यस इन्स्टिच्यूटले दोस्रो कार्यक्रमको रुपमा सिप्रबी सेक्युरिटिज्मा कार्यरत कर्मचारीहरुलाई आफ्नै हलमा तालिम दिएको हो ।

उक्त तालिममा पहिलो सत्रमा मानवसंधान सम्बन्धी ट्रेनर बिकाश लामाले कर्मचारी र संगठनको सम्बन्ध, कर्मचारीको उत्प्रेरणा, बिकाश र कर्मचारीले संस्थाको सफलतामा खेल्नुपर्ने निर्णायक भुमीकाको बारेमा छलफल गरिएको थियो । दोश्रो सत्रमा इनटरनेशनल कर्पोरेट ट्रेनर मानुषी अग्रवालले ग्राहकहरुसँगको सम्बन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाई, समस्याको समाधान, गुणस्तरीय सेवाप्रवाह, ग्राहक सन्तुष्टी लगायतका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । तालिममा १५ जना कर्मचारीहरुको सहभागिता थियो ।

नेपालको पुँजीबजारमा आवद्ध संस्थाहरुका कर्मचारीलाई समय–समयमा यस्तो प्रकारका तालिमहरु प्रदान गरी गुणस्तरीय सेवाप्रवाह गर्न कर्मचारीहरुको वृतीविकास गर्नुपर्ने नियमकीय प्रावधान समेत रहेको छ ।

ट्रेनर बिकाश लामाले क्यापिटल मार्केट ट्रेनिङ्ग इन्स्टीच्युटले सिप्रबी सेक्युरिटिज् प्रालिसँग समन्वय गरि तालिम आयोजना गरेकोमा सफलता तथा निरन्तरताको लागि शुभकामना व्यक्त गरे । यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धेरै संघ संस्थाहरुमा संस्थागत तालिमकर्ताको रुपमा प्रशिक्षण दिएता पनि ब्रोकर कम्पनीका कर्मचारीहरुसँग आफ्ना अनुभव तथा विषयहरु साटासाट गर्न पाएकोमा मानुषी अग्रवालले खुसी गरिन् ।

सोहि कार्यक्रममा सिप्रबी सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष जयन्त श्रिवास्तबले दुवै जना प्रशिक्षकलाई धन्यवाद दिँदै यस्ता प्रकारका कार्यक्रमहरुले सम्वद्ध कम्पनीले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने हुँदा यस्ता कार्यक्रमको निरन्तरताको लागि जोड दिएका थिए ।

नेपालको पुँजी बजारमा आवद्ध संस्थाहरुका कर्मचारीहरुको वृति विकास नै प्रमुख उद्देश्य भएकाले सम्वन्धीत संस्थाहसँग समन्वय गरि इन्स्टिच्यूटले आगामी दिनमा समेत तालिमलाई निरन्तरता दिने समेत जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।