निक्षेप तथा कर्जा सुरक्षण कोष ५०औँ वर्षमा प्रवेश


निक्षेप तथा कर्जा सुरक्षण कोष ४९औँ वर्ष पूरा गरी ५०औँ वर्षमा प्रवेश गरेको छ । कोषले स्वर्ण वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको छ ।

कोषले भदौ ३० गते शनिबार कोषले वाकाथोन आयोजना गरेको थियो। शनिबार कोषले बैकिङ्ग अनुशासन सचेतनाका लागि काठमाण्डौंमा वाकाथोन र फाइभ के फन रन कार्यक्रमको आयोजना गरेको हो ।

कोषले आयोजना गरेको उक्त कार्यक्रममा राजश्व सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी लगायतको उपस्थिति थियो ।

बिभिन्न बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारी एवं कर्मचारीहरुको सहभागिता रहेको सो कार्यक्रममा कूल ५०० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । उपस्थित भएका सबै जनाले बैंकिङ्ग सचेतना अभिवृद्धि गर्ने सम्बन्धमा सकारात्मक सन्देश प्रदान गर्ने उद्देश्यले लेखिएका “लिएपछि बैंकबाट ऋण – तिर्नै पर्छ कुनै न कुनै दिन“, “कर्जाको किस्ताब्याज समयै तिरौं – जिम्मेवार नागरिकको परिचय दिउँ“, “यति कुरा बुझौं है साथी – बैंकको ऋण हुँदैन माफी“ लगायतका वित्तीय सचेतनामूलक बिभिन्न नारा अंकित टि–सर्ट लगाई कार्यक्रममा सहभागी भएका थिए ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट शुरु गरिएको ध्बपिबतजयल तथा छपँगल च्गल को मार्ग कमलपोखरी, ज्ञानेश्वर, नक्शाल भगवती, टंगाल, गैह्रीधारा, लैनचौर, जमल, त्रिचन्द्र क्याम्पस हुँदै पुनः प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समाप्त भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ असाेज २०८०, बिहीबार  १० : ०२ बजे