शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४१ रुपैयाँ २६ पैसा र बिक्री दर १४१ रुपैयाँ ९० पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०३ पैसा र बिक्री दर ८५ रुपैयाँ ४१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा र बिक्री दर २८ रुपैयाँ ४० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९४ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असाेज २०८०, शुक्रबार  ०७ : २८ बजे