सुनको भाउमा लगातार गिरावट, शुक्रबारको भाउ कति ?


नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आएको छ । असोज २ गते मंगलबार १ लाख १३ हजारमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो अवधिमा सुनको भाउ ९ सय रुपैयाँले घटेको हो । हिजोको तुलनामा आज सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ५५० रुपैयाँ तोकेको छ । बिहीबार तेजावी सुन ११ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२४ दशमलव ३३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असाेज २०८०, शुक्रबार  १० : ४६ बजे