एम्पीयर इलेक्ट्रिक स्कुटरको बुकिङ खुला, कति पर्छ ?


सन् १८५९ मा स्थापित ग्रीभ्स कपास एण्ड कम्पनीको छाता अन्तर्गत रहेको एम्पीयरले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । छोटो समयमा नै भारतीय बजारमा एक लाखभन्दा बढी फलोअर्स प्राप्त कम्पनीले नेपाली बजारमा पनि आफ्नो उपस्थिति जनाएको हो ।

केडिया इन्टरनेशनल प्रा.लि.ले नेपालमा एम्पीयर (बाइ ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी) इलेक्ट्रिक स्कुटर भित्र्याएको हो । एम्पीयरको स्कुटर आकर्षक डिजाइन, उल्लेखनीय दायरा र आकर्षक सुविधाहरूको साथमा अफोटेबल पाइसमा आएको कम्पनीले जनाएको छ ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले नेपाली बजारमा दुई असाधारण इलेक्ट्रिक स्कुटर मोडलहरूस् एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस ईएक्स ल्याएको गरेको छ । नेपालमा विद्युतीय सवारीको गतिशीलताको भविष्यको अनुभव गर्न उत्साही र पर्यावरण सचेत उपभोक्ताहरूलाई निमन्त्रणा गर्दै एम्पीयरको बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधि र भविष्यका विशेषताहरूका साथ डिजाइन गरिएको एम्पीयर प्राइमस, ट्रेलब्लेजिङ इलेक्ट्रिक स्कूटरले ४ किलोवाटको शक्तिशाली पीक पावर र १५७ एनएमको अधिकतम टर्क उत्सर्जन गर्ने क्षमता राख्छ । स्कुटरमा ३ किलोवाट एलएफपी ब्याट्री जटान गरिएको छ । जसले एक पटकको फूल चार्जमा १०७ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । मोटर र ब्याटीमा ३ वर्ष वा ३०,००० कि.मीसम्मको वारेन्टीको थप आश्वासनको कम्पनीले प्राइमस नेपाली बजारमा ल्याएको हो । 

एम्पीयर प्राइमसको नेपाली मूल्य ३ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै २.३ किलोवाट क्यान सक्षम लिथियम आयन ब्याट्री प्रयोग गरिएको १.८ किलोवाट पीक पावर र ८६ एनएमको टक्र्यू उत्सर्जन गर्न सक्ने एम्पीयर म्यान्ग्रस ईएक्सको मूल्य २ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा नै उपलब्ध गराइएको कम्पनीले बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।