सेल्सवेरीले महाराजगञ्ज र चिप्लेढुंगा आउटलेटमा ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको सुविधा दिने

0
Shares

सेल्सवेरीले यहि असोज १२ गते शुक्रबारदेखि काठमाडौंको महाराजगञ्ज तथा पोखराको चिप्लेढुंगा शाखालाई विश्वस्तरिय रुपमा सञ्चालन गर्ने भएको छ । तीन दशक अघिदेखि गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई आफ्नो मुलमन्त्र बनाई चेन डिपार्टमेण्टल स्टोरका रुपमा सञ्चालित हुँदै आएको सेल्सवेरीले दुई शाखामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनबाट थप सुविधा प्रवाह गर्ने भएको हो ।

दुई अत्याधुनिक भवनहरुमा ग्राहकहरुले स्वदेशी एवम् अन्तर्राष्ट्रिय गुणस्तरिय सामानहरूको उत्कृष्टस्तरको किनमेलको मज्जा उपभोग गर्न पाउनेछन् । यस्तै विविध स्वदेशी, विदेशी खानाहरूको सेवा, सुविधा सहितको विश्वस्तरीय (वर्ल्ड क्लास) रेस्टुरेण्ट सहित बालमनोरञ्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ्ग पुल सहितको सुविधा उपभोग गर्न पाउने छन् ।

उक्त अत्याधुनिक भवनहरु सेल्सवेरी ब्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा सञ्चालनमा आउँदा देशको अर्थव्यवस्वामा टेवा पुरयाउन कोशेढुंगा साबित हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्वदेशी एवम अन्तर्राष्ट्रिय गुणस्तरिय सामानहरू उचित मुल्यमा उपलब्ध गरि ग्राहकवर्गहरुको विश्वास जित्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

यस्तै असोज महिनामा कम्पनीले आफ्नो ३० औं वर्ष सफलताका साथ पार गरेको सुःखद उपलक्ष्यमा हाल सञ्चालनमा रहेको ३२ वटा शाखा तथा छिट्टै सञ्चालनमा आउने थप ४ वटा नयाँ शाखा मार्फत विभिन्न आकर्षक बिकी योजनाहरु ग्राहक महानुभावहरु समक्ष ल्याउन लागि रहेको जानकारी दिएको छ ।

सेलवेज ग्रुप अन्तरगत रही सेलवेज क्यास एण्ड क्यारी प्रालि विगत ९ वर्षदेखि सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार, व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । सन् २०२७ सम्म १०० ओटा शाखा विस्तार गरी ३ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

सेल्सबेरीले आफ्नो व्यवसाय सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्रियाकलापहरु पनि गर्दै आइरेको छ । देशले समय समयमा भोग्दै आएको विषम परिस्थितिमा आफ्नो सहयोग मार्फत राज्यसँग हातेमालो गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।