आइतबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा छ ।
आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २८ पैसा र बिक्री दर ८५ रुपैयाँ ६७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड आज एकको खरिद दर १६२ रुपैयाँ ०७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा र बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९६ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया