देवयानी इन्टरनेशनल नेपालको विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा


सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रा. लिले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी सञ्चालनमा ल्याएको छ ।

रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरुको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपहरूले प्रशिक्षित छ । यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसीको सबैकालागि समान अवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धि हो । विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको भावनालाई स्वरूप दिन्छ, सञ्चारले शब्दहरूलाई पार गर्छ। व्यापक प्रशिक्षणको साथ, केएफसीले ग्राहकहरूलाई यस विशेष टोलीद्वारा सेवादिने सुनिश्चित गरेको छ ।

केएफसी इन्डिया र नेपालका सी.ई.ओ, रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहलमा खुसी व्यक्त गरे र परिवर्तनकारी प्रभावमा आफ्नो अटल सहयोगको वाचा गरेका छन् । “अन्तर्राष्ट्रिय सांकेतिक भाषादिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूकालागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षहरूमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने वाचा गर्दछ ।“

केएफसी

केएफसी एक विश्वव्यापी चिकन रेस्टुरेन्ट ब्रान्ड हो जसको सफलता र नवप्रवर्तनको समृद्ध, दशक लामो इतिहास छ। यो सबै एक कुक, कर्नल हार्ल्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो, जसले ८० वर्ष भन्दा बढी पहिले रेसिपी बनाएका थिए र हामी आजपनि १४५ देशमा २६,००० रेस्टुरेन्ट स्यान्डर्सकै रेसिपीको पालना गरिरहेका छौँ।

लेप्रोसी मिसन नेपाल

बेलायत मा स्थापित, लेप्रोसी मिसन नेपाल एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था हो। कुष्ठरोगबाट ग्रस्त भएकाहरूको लागिकाम गर्नु उनीहरूको मुख्यप्रा थमिकता हो। निष्पक्षता प्रवर्द्धन गर्न र विकास प्रक्रियामा अपाङ्गता र कुष्ठरोगीहरूको सहभागिता प्रवर्द्धन गर्न स्वास्थ्य, क्षमता निर्माण, शिक्षा, दिगो जीविको पार्जन र सामुदायिक विकासका क्षेत्रमा हस्तक्षेपहरू सिर्जना गर्छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।