आशा लघुवित्त वित्तिय संस्था लिमिटेडले १ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले विभिन्न संस्था तथा आम सर्वसाधारणले आवेदन दिन पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।
लघुवित्तले यसअघि साउन २८ गते संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखेर सेयर निष्काशन गरेको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नपरेको भन्दै लघुवित्तले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गर्न लागेको हो ।
सेयर खरिदको गर्न इच्छुकले आज असोज ७ गतेदेखि ७ दिनभित्र आवेदन वित्तिय संस्थाको केन्द्रिय कार्यालय बनेपामा सम्पर्क गर्न सक्ने छन् । सेयरको न्यूनतम बिक्री मूल्य ३७० रुपैयाँ तोकिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया