चालु आर्थिक वर्षमा साउनको तुलनामा भदौमा बाहिरी देशबाट हुने आयातमा वृद्धि भएको छ । साउनको तुलनामा भदौमा १ अर्ब १६ खर्ब १८ करोड ७० लाख रुपैयाँले वृद्धि भएको हो ।
साउनमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाखको आयात भएकोमा भदौमा एक खर्ब ३० अर्ब ५१ करोड ९ लाख रूपैयाँको आयात भएको हो । तर साउनमा १३ अर्ब रूपैयाँ बराबरको निर्यात भएकोमा भदौमा मात्रै १२ अर्ब ९१ करोडको मात्रै रूपैयाँको निर्यात भएको छ । सो अवधिमा निर्यात पनि १ अर्ब रुपैयाँले नै घटेको छ ।
भदौमा सबैभन्दा बढी यी वस्तु भित्रिए
भदौमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास, हवाइ इन्धन) फलाम तथा फलामका ब्रिकेट, स्मार्ट फोन, सुन, औषधिजन्य पदार्थलगायतका वस्तुहरु आयात भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै १५ अर्ब ७४ करोड ८४ लाखको डिजेल आयात भएको छ भने ११ अर्ब ३० करोड ५७ लाखको पेट्रोल आयात भएको छ । यता तेस्रो धेरै आयात भएको ग्यास भने सात अर्ब ३२ करोड ६३ लाख रुपैयाँको आयात हुँदा २ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको हवाई इन्धन आयात भएको छ ।
त्यस्तै, सात अर्ब ३ करोड ८६ लाख रूपैयाँको फलाम तथा फलामका ब्रिकेट आयात भएको छ भने ५ अर्ब ३६ करोड ५२ लाख रुपैयाँ बरोबरको स्मार्ट फोनहरु आयात भएको विभागले जनाएको छ । यस्तै ४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बराबरको सुन भित्रिदा औषधिजन्य पदार्थ भने ४ अर्ब ११ करोड २५ लाख रुपैयाँको आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया