मंगलबार कुन विदेशी मुद्राको मूल्य कति ?


मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४३ पैसा र बिक्री दर ८५ रुपैयाँ ८२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड आज एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ २२ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा र बिक्री दर २८ रुपैयाँ ४६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९६ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असाेज २०८०, मंगलबार  ०६ : ३५ बजे