काठमाण्डौं महानगरपालिकाले इन्द्रजात्रामा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। आजबाट सुरु भएको इन्द्रजात्रा (यँया) पर्वमा काठमाण्डौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।
बिहीबार (असोज ११ गते) बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ।
शुक्रबार (असोज १२ गते) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने हुने हुँदा उक्त सडक प्रभावित हुने छ ।
यस्तैअसोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेछ जसले गर्दा उक्त क्षेत्रमा सवारी आगमन प्रभावित हुने भएकाले महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो ।
‘काठमाडौंको बसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरू भइसकेका छन्, यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरू हिँडेर सञ्चालन गरिन्छन् । यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्याउनुहुन अनुरोध गर्दछौं,’ महानगरले सूचना जारी गर्दै भनेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया