बीआरआई प्रभावकारी बनाउँदै नेपालको कृषि तथा पूर्वाधार विकासमा सहयोग गर्न चीन इच्छुक

0
Shares


चीनले बेल्ट एन्ड रोड इनिसीएटीभ (बीएरआई) मार्फत नेपालमा सडक, रेलमार्ग, उड्डयन, सञ्चार तथा विद्युतीय पूर्वाधार विकासका योजनामा काम गर्न तयार रहेको जनाएको छ ।

सात दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ प्रधानमन्त्री लि कियाङले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताएका हुन् । चीनले नेपालबाट गुणस्तरीय कृषि उत्पादनहरू आयात गर्न, चिनियाँ उद्यमहरूलाई नेपालको विकास र निर्माणमा सहभागी हुन प्रोत्साहन गर्ने, शिक्षा, चिकित्सा सेवा, पर्यटनलगायतका क्षेत्रमा जनस्तरमा आदानप्रदान र सहयोगलाई सुदृढ गर्न इच्छुक रहेको उनले जानकारी दिएका छन् ।

भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकास र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धिको उच्च प्रशंसा गर्दै बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्नमा नेपाल–चीन सम्बन्ध सफल रहेको बताए । नेपालले राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षामा चीनलाई साथ दिने र कुनै पनि बाह्य शक्तिलाई नेपाली भूमिमा चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने बताए ।

यसका साथै प्रचण्डले नेपालको आर्थिक विकास र कोभिड–१९ विरुद्धको लडाइमा चीनले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोग बढाउन आग्रह गरेका छन् । भेटवार्ता पछि प्रधानमन्त्री ली र प्रचन्डले १० वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । जसअन्तर्गत व्यापार प्रवद्र्धन, कृषि तथा प्रविधिको विकास, हरित तथा डिजिटल अर्थतन्त्रको विकास, पूर्वाधार विकासमा सहयोग लगायतका विषय समावेश छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।