कार्यालय नआउने २२ जना प्रहरीलाई कारबाही गर्ने तयारी, सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन


प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ । लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा पनि सम्पर्कमा नआएको भन्दै सेवाबाट हटाउने तयारीस्वरुप अन्तिम पटक स्पष्टीकरण माग गरेको हो ।

उनीहरुलाई आज असोज १० गतेदेखि सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिएको हो ।

‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा सेवाबाट हटाउने कारबाही हुने हुँदा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ’, प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १० असाेज २०८०, बुधबार  ०८ : ११ बजे