सुनको भाउ एकैदिन प्रतितोला ८ सयले घट्यो


बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ आज पुनः ८ सय रुपैयाँले घटेको हो । आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुन एक लाख ११ हजार २५० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदीको भाउ आज चाँदी १५ रुपैयाँ घटेको हो । हिजो चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८९६ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।