रोयल ब्लूले कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई २–२ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ । एसियन गेम्समा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका ऐरी र मल्ललाई २–२ लाख दिने भएको हो ।
बुधबार भएको एसियन गेम्स अर्थात एसियाडमा ८ वर्षपछि क्रिकेट फर्कँदा नेपालले मंगोलियमाथि कीर्तिमानै कीर्तिमानले भरिएको २७३ रनको जित हात पारेको थियो । कुशल मल्लले सबैभन्दा छिटो ३४ बलमा शतक, दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो ९ बलमा अर्धशतकको कीर्तिमान बनाएको खेलमा नेपालले टी–२० आईमा ३१४ रनको कीर्तिमानी बनाएको थियो । दुवै खेलाडीले क्रिकेट कौशलको असाधारण प्रदर्शन गरेको भन्दै रोयल ब्लूले उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्न लागेको जनाएको हो ।
यस्तै लुम्बिनी अल स्टार्सले दीपेन्द्र सिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । एसियन गेम्समा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले एक लाख रुपैयाँ दिने बताएको हो ।
दीपेन्द्र लुम्बिनी अल स्टार्सका कप्तान समेत हुन् । उनैको कप्तानीमा लुम्बिनीले पहिलो संस्करणको नेपाल टी ट्वान्टी लिगको उपाधि समेत जितेको थियो ।
यस्तै, लुम्बिनी अल स्टार्सले मंगोलियाविरुद्ध प्लेइङ ११ मा उत्रने सबै खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने बताएको छ । खेलाडीको प्रर्दशनको सम्मान गर्दै पुरस्कार रकमको घोषणा गरिएको अल स्टार्सले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया