एलपी ग्यास उद्योग संघको अध्यक्षमा घिमिरे, १५ सदस्यीय निर्विरोध

0
Shares

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् ।  संघको २८ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनबाट एभरेस्ट ग्यास संसारका अध्यक्ष समेत रहेका घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघको कारसमिती सदस्य घिमिरेले यसअघि पनि ग्यास उद्योग संघको नेतृत्व गरिसकेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति समेत हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र दुई उपाध्यक्षमा सुरेन्द्रराज पौडेल तथा दिवानबहादुर चन्द निर्वाचित भए । संघको महासचिवमा जीतबहादुर कार्की चयन भएका छन् । सचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा आशिष जजोदिया निर्वाचित भएको निर्वाचन समितिका संयोजक गोकुल भण्डारीले जानकारी दिए ।

संघको सदस्यहरुमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी निर्वाचित भएका छन् ।

यस्तै, मनिषकुमार जोशी र निर्मल कुमार खत्री क्षेत्री सदस्य मनोनित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।