सरकारले चालु आर्थिक वर्षमा एक खर्ब ७९ अर्ब रुपैयाँ विकास ऋणपत्र मार्फत आन्तरिक ऋण जुटाउने लक्ष्य रखेको छ । सरकारको उक्त लक्ष्यमा चालु आवको पहिलो त्रैमासमै ५९ अर्ब २१ करोड रुपैयाँ विकास ऋणपत्र मार्फत संकलन भएको हो ।
सरकारले खर्चका लागि स्रोत न्यून हुने हुँदा चालु आर्थिक वर्षमा कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ । सो लक्ष्य अनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा गरी कुल एक खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने योजना बनाएको छ । सरकारले पहिलो २ त्रैमासमा ९५ अर्ब रुपैयाँ विकास ऋणपत्र र १५ अर्ब रुपैयाँ ट्रेजरी बिल्स मार्फत संकलन गर्ने योजना बनाएको हो ।
सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाउने योजना बनाएको थियो । तर, बैंकहरुले स्थानिय तहको पैसालाई ६० प्रतिशतसम्म निक्षेप गणना गर्न पाएसंगै वित्तीय प्राणालीमा अधिक तरलता हुन पुग्यो । बैंकहरुले सहज अवस्थामा पनि केन्द्रीय बैंकबाट ब्याज आम्दानी गर्ने योजनासहित स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्न दिनु पर्ने माग राखे । बैंकहरुले स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्न दिए ब्याज घट्ने समेतको तर्क अघि सारे । सोही अनुसार सरकारले पनि बैंकहरुलाई स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्न दियो ।
बैंकहरुले स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्दा तरलता बढ्यो । बैंकहरुले भनेजस्तो ब्याज घटेन । त्यसका साथै असोज महिनाका लागि बैंकहरुले निक्षेपको ब्याज समेत बढाए । ब्याजदर बढाएका बैंकहरुले आर्थिक गतिविधिमा देखिएको सुस्तताले कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले आम्दानीका लागि अन्य योजना गर्न थाले । सो अनुसार बैंकहले अधिक तरलता भएको भन्दै केन्द्रीय बैंकलाई निक्षेप संकलन तथा रिभर्स रिपो निष्कासन गर्न लबिङ गर्न थाले ।
चालु आर्थिक वर्षको मौद्रीक नीति अनुसार अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दर ४.५ प्रतिशत भन्दा तल गए तरलता खिच्ने औजार जारी गर्ने व्यवस्था गरेको छ । सो अनुसार बैंकहरुले स्थानिय तहको पैसालाई निक्षेपमा गणना गर्दा अन्तर बैंक कारोबार २ प्रतिशत भन्दा तल आयो । त्यसलाई देखाउदै बैंकहरुले ब्याज आम्दानी गर्ने योजना अनुसार निक्षेप संकलन र रिभर्स रिपोको माग गर्न थाले ।
तर, केन्द्रीय बैंकले बैंकहरुले ब्याज आम्दानी गर्न खोजेको विषयलाई बुझेर दोस्रो त्रैमासका लागि योजना गरिएको विकास ऋणपत्रलाई पहिलो त्रैमासमा नै जारी गर्यो । केन्द्रीय बैंकले पनि बैंकहरुलाई ब्याज दिएर तरलता खिच्न भन्दा विकास ऋणपत्र मार्फत सरकारलाई आन्तरिक ऋण पनि उठ्ने र तरलता पनि व्यवस्थापन गर्ने नीति लियो । सो अनुसार दोस्रो त्रैमासका लागि छुट्याएको विकास ऋणपत्र समेत पहिलो त्रैमासमा जारी ग्रयो । बैंकहरुले विकास ऋणपत्रको समेत ब्याजदर बढाउन खोजेको भएपनि केन्द्रीय बैंकले मानेन । केन्द्रीय बैंकले ब्याजदर बढेर विकास ऋणपत्र माग गर्दा बिक्री नै गरेन ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र जारी गर्ने योजनालाई बढाएर ७५ अर्ब बनायो । चालु आवमा केन्द्रीय बैंकले ८९ अर्ब ५२ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरीसकेको छ । सो मध्ये ५९ अर्ब २१ करोड रुपैयाँ बराबरको मात्र बिक्री भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सरकारले ९५ अर्ब विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउनेछ भने १५ अर्ब बराबरको ट्रेजरी बिल्स जारी गर्नेछ । सरकारले तेस्रो त्रैमासमा ३५ र चौथोमा ४९ अर्ब विकास ऋणपत्र मार्फत स्रोत जुटाउनेछ । त्यसैगरी चालु आवमा ट्रेजरी बिल्सबाट ५५ अर्ब, बैदशिक रोजगार बचतपत्र मार्फत १० अर्ब, नागरिक बचत पत्रबाट ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया