अब एसआईपीको भुक्तानी आइएमई पे बाटै


अब सिस्टमाटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे“ मार्फत गर्न सक्ने भएका छन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एन आई सी एशिया क्यापिटलको एनआइसी एसिया डाइनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इस्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मीले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।