एनएमबि बैंकले किन्यो १ अर्बको जग्गा


एनएमबि बैंक लिमिटेडले १ अर्ब २१ करोड ३९ लाख ६८ हजार रुपैयाँ बराबरको जग्गा खरिद गरेको छ ।

बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौं महानगरपालिका वडा नम्बर १ स्थित कुल क्षेत्रफल १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचना सहित खरिद गर्ने निर्णय गरेको थियो ।

बैंकले कर्पोरेट कार्यालय भवन निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरेको हो । आफ्नो नाममा नामसारी\दाखिल खारेज भएपश्चात् रकम भुक्तानी गर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।