क्लासिक टेकले ल्यायो दसैँ अफर, २ सय एमबीपीएस इन्टरनेट मात्र ९०७ रुपैयाँमा


देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान् चाड बिजया दशमीको शुभ अवसरमा आफ्नो दशैं योजना सार्वजनिक गरेको छ ।

क्लासिक टेकमा आबद्ध हुन चाहनुहुने नयाँ ग्राहकहरुले २ सय एमबीपीएस इन्टरनेट मात्र ९०७ रुपैयाँमा खरिद गर्न सक्ने छन् । यस्तै ३ सय एमबीपीएस इन्टरनेट १ हजार १७७ रुपैयाँमा पाउने क्लासिक टेकले जनाएको छ । अफर अन्तर्गत जीटीईको पाँच जीएचजेट राउटर र स्मार्ट सेट टप बक्स निशुल्क पाउन सकिने छ । सेकेन्डरी राउटर जडान गर्न चाहने ग्राहकहरुका लागी कम्पनीले अहिले सम्मकै सबै भन्दा सस्तो मूल्य मा सेकेन्डरी राउटर प्रदान गर्ने जनाएको छ ।

कम्पनीले आफ्ना बिध्यमान प्रयोगकर्ता हरुका लागी समेत बिशेस अफर ल्याएको छ । ग्राहक हरुले २५० एमबीपीएस को बार्षिक नविकरणमा पाँच सय एमबीपीएस इन्टरनेट स्पीड पाउन सक्ने छन् भने १२ महिनाको रिचार्ज गर्दा महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको काम्पनीले बताएको छ ।

क्लासिक टेक सुपथ मूल्य मा इन्टरनेट र गुणस्तरीय सेवा दिने भएकाले इन्टरनेट प्रयोगकर्ता हरुको पहिलो रोजाइ बन्न सफल भएको छ । कम्पनीले विभिन्न समयमा यस्ता अफर हरु ल्याउँदै आइरहेको छ भने दशै र तिहारको बिशेस अवसरमा यस्ता विभिन्न अफरहरु दिइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।