सिट्रोनको शोरुम अब पोखरा र चितवनमा


नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लिले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा. लि. का असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच पोखरामा शोरुमको उद्घाटन गरेका हुन् ।

त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा. लि. का असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच चितवनमा शोरुमको उद्घाटन गरेका हुन् ।

पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम एसएसएल मोटर्स कम्पनी प्रा.लि. रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम ओजोन मोटर्स कम्पनी रहेको छ । यीे नयाँ शोरुमहरुमा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी रहेका छन् ।

सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोभेशन र साहसलाई परिभाषित गर्दछ। पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनि सन् १९१९ मा टाईप ए १० एचपीबाट सुरु भई सन् १९२७ सम्म वार्षिक ५० हजार भन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो–ठूला सवारी उत्पादक बनेको थियो। फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दी भन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ, सिट्रोन इनोभेशन र कनेक्शनको प्रतीक बनेको छ ।

सिट्रोन ईसिथ्रिमा २९.२ केडबल्युएच ब्याट्री छ, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ। यसको अद्वितीय विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविश्मरणिय अनुभव सुनिश्चित गर्दछ। एरोडाईनामिक्स मार्फत शैली र दक्षता दुवैमा थप सुधार ल्याउँदै भविष्यात्मक सुन्दरताले चिनिने सिट्रोनको डिजाइनले इनोभेशन र एस्थेटिक्सप्रति यस ब्राण्डको प्रतिबद्धतालाई प्रदर्शन गर्दछ। सिट्रोन ईसिथ्रिको एमिशन–फ्री सञ्चालनले वातावरण राख्नमामा योगदान पु¥याउँछ, जसले ग्राहकहरूलाई प्रदर्शनमा कुनै सम्झौता नगरी इको–फ्रेन्ड्ली मोबिलिटीलाई अँगाल्न मद्दत गर्दछ। मूल्यको सन्दर्भमा, लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फील भेरियन्टको मूल्य ३४.९९ लाख छ, जसले गर्दा सिट्रोन भारतमा बनेको कम्प्याक्ट यसयूभी सेग्मेंटमा सबैभन्दा कम मूल्यको ईभि बनेको छ ।

यस सिट्रोन ईभिको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ। कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।
उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सिट्रोनले आफ्नो आइस (इन्टरनल कम्बस्चन इन्जिन) मोडेल पनि उपलब्ध गराएको छ । फिल विथ भाइब प्याकेजसहित ३६.४९ लाखमा पाईने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।