लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजनामा मोबाइलदेखि वासिङ मेसिनसम्म जित्ने मौका


लिट्मस केबल्सले नजिकिँदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँसम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिलसहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइवर गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

उक्त बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन् । यो योजना १५ असोज देखि ३० कात्तिकसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।