नबिल ब्यालेन्स्ड फन्ड–२ को बुकक्लोज

0
Shares

नबिल ब्यालेन्स्ड फन्ड–२ ले लाभांश प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ ।  नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले असोज २६ गते शुक्रबार एक दिन बुकक्लोज गर्ने मिति तय गरेको हो ।

बुकक्लोजको आधारमा असोज २५ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् । योजनाले गत आर्थिक वर्ष २०७९–८० को लागि कर समेत ९.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फन्डको योजना व्यवस्थापकले बुकक्लोजसम्म कायम इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्ने जानकारी दिँदै इकाईका लगानीकर्तालाई हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत भनेको छ ।

इकाई धितोमा राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्नुपर्ने भनाई समेत योजना व्यवस्थापकको भनाई छ ।

नबिल म्युचुअल फन्ड अन्तरगत सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फन्ड–२ को कोष प्रवद्र्धकमा नबिल बैंक लिमिटेड तथा योजना व्यवस्थापक एवं डिपोजिटरीमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।