भिजन लुम्बिनी उर्जाको आईपीओ १९ हजार १२५ जनालाई बाँडफाँड

0
Shares

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्काशन गरिएको साधारण सेयरको बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा असोज १५ गते बिहान १०ः३० बजे बाँडफाँड भएको हो । आमन्त्रित सरोकारवाला तथा लगानीकर्ता प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न गरिएको आईपीओ बाँडफाँडमा १९ हजार १२५ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट प्रत्येकलाई १० कित्ताका दरले १ लाख ९१ हजार २५० कित्ता बाँडफाँड गरिएको हो ।

उक्त अवधिभित्र जारी गरेको भन्दा ३.९३ गुणा बढी अर्थात कुल २९ हजार ८३० जना आवेदकहरुबाट ७ लाख ५२ हजार ४८० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो । जसमा रितपूर्वक आवेदन दिने २९ हजार ८२२ जना आवेदकहरुबाट प्राप्त भएको ७ लाख ५२ हजार ३८० कित्ता बाँडफाँडको लागि योग्य भएको थियो । ८ वटा आवेदनबाट प्राप्त भएको १०० कित्ताको माग रितपुर्वक नपरेका कारण रद्द गरिएको हो ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको १०० रुपैयाँ अंकित दरको १ लाख ९१ हजार २५० कित्ता मुक्तिनाथ क्यापिटल लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०८० भदौ १९ गतेदेखि असोज २ गतेसम्म बिक्री आह्वान गरिएको थियो । पहिलो चरणमा सर्वसाधारणमा जारी हुने सेयरको १० प्रतिशतले हुन आउने सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरिएको हो ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले जारी पुँजीको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रकम बराबरको १०० रुपैयाँ अंकित दरको १९ लाख १२ हजार ५०० कित्ता सेयर असोज १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन भईरहेकोे छ ।

साथै, आईपीओ सेयर बाँडफाँडमा परेका सेयरधनीहरुको विवरण सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ हेर्नका लागि विकास गरिएको वेवसाइट, मेरो सेयरको माई आश्वाको एप्लीकेसन रिर्पोट तथा धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको वेवसाइटबाट हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।