दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन

0
Shares

दुई वाणिज्य बैंकको सोमबार सेयर मूल्य समायोजन भएको छ । मंगलबार सेयर दाखिल खारेजी मिति तोकेका एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर मूल्य नेप्सेले समायोजन गरेको हो ।

दुई बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन् ।

एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले प्रतिकित्ता ५९० रुपैयाँ ३१ पैसा तोकेको छ । सोमबार बैंकको सेयर अन्तिम पटक ७६१ रुपैयाँ ५० पैसामा खरिद बिक्री भएको थियो ।

यस्तै नेप्सेले एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरी सोमबार सेयर समायोजित मूल्य तोकेको छ । नेप्सेका अन्सार एभरेष्ट बैंकको मूल्य समायोजनपछि प्रतिकित्ता ५१४ रुपैयाँ ५५ पैसा निर्धारण भएको हो । सोमबार बैंकको सेयर अन्तिम पटक ५६६ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार समायोजन भएको मूल्यलाई आधार मानेर दुबै बैंकको मंगलबार धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

लाभांश पारित गर्न एनआईसी एशिया बैंक लिमिटेडले असोज २८ गते आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौंमा बिहान ९ बजे छब्बीसौं वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै एभरेष्ट बैंक लिमिटेडले असोज ३० गते बिहान ११ बजे लैनचौर व्यांक्वेट, लैनचौर, काठमाडौंमा २९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।