एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि


एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक संचालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र १०० रुपैयाँमा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्छन् ।

यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सक्छन् ।

यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब कर सहित मात्र १९१ रुपैयाँमा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ५ एष्ट्रिक्स ६ ह्यास डायल गरेर यो प्याक लिन सक्छन् ।

त्यस्तै, कर सहित ४५९ रुपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ५ एष्ट्रिक्स ७ ह्यास डायल गरेर लिन सकिन्छ ।

अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैैं सम्पर्कमा बसि रहन ठूलो भूमिका खेल्ने एनसेलले बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।