हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ७७ हजार २३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा विद्यमान सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । आम सर्वसाधारणले उक्त सेयरमा आवेदन दिन नपाउने कम्पनीले जनाएको छ । संस्थापक सेयरधनीबाट आवेदन नआएमा मात्र सर्वसाधारणको लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

संस्थापक सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले आज असोज १८ गतेदेखि ३५ दिन भित्र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यालय हात्तीसारमा सम्पर्क गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।