प्रुडेन्सियल क्यापिटलले शाइन रेसुङ्गाको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने


प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ लाख ४ हजार ५३७ कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयरको न्यूनतम बिक्री मूल्य १४० रुपैयाँ तोकिएको छ ।

उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति असोज १८ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बुटवल ११ कालिकानगर, रुपन्देहीमा लिखित जानकारी वा निवेदन दिनुपर्नेछ ।

विद्यमान संस्थापक सेयरधनीहरुबाट तोकिएको समयभित्र संस्थापक सेयर खरिद गर्ने लिखित जानकारी प्राप्त हुन नआएमा प्रचलित कानून बमोजिम फिट एण्ड पर्पस टेष्टमा योग्य अन्य व्यक्ति वा संस्थालाई आवश्यक प्रकृया पूरा गरी बिक्रीका लागी स्वीकृत प्रदान गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।