लगानीकर्ताको मनोबल कमजोर रहँदा सेयर बजारमा गिरावट कायमै

0
Shares

सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर रहँदा साताको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावटमै बन्द भएको छ । मंगलबार साढे सत्र अंकको गिरावटपछि बुधबार नौं अंकले बढेको नेप्से बिहीबार नै ११ अंक बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६ दशलमव ९२ को विन्दुमा बन्द भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले घटेर ३७३.३७ बिन्दुमा झरेको छ । आज कारोबारमा आएका २८० कम्पनीमध्ये आज ६६ कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ । आज कारोबारमा आएका सबै म्युचुअल फन्ड बाहेक १२ वटा उपसमुहगत सूचक घटेका छन् । म्युचुअल फन्ड ०.२४ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटनमुलक समूह १.१७ प्रतिशतले घटेको छ । बाँकीको इन्डेक्स १ प्रतिशतभन्दा कमले मात्र घटेको छ ।

आज सेयर बजारमा २८० कम्पनीको ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर ५० हजार ६९ वटा संख्यामा किनबेच भएको छ । बिहीबार कारोबार रकम १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २८४ कम्पनीका ४३ लाख २३ हजार कित्ता सेयर १ अर्ब १८ करोड ९९ लाखमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोड ३४ लाख रुपैयाँले घटेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । आज कम्पनीको ४ करोड ४३ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड १८ लाख, सोल्टी होटल ३ करोड ९ लाख, सन नेपाल लाइफको ३ करोड ३ लाख र हिमालयन लघुवित्तको ३ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको १ लाख ४८ हजार ८८५ इकाई किनबेच भएको छ । कारोबार संख्याका आधारमा शीर्ष स्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको ८ हजार ६२७ वटा रहेको छ । कम्पनीको ९९ हजार ८८६ कित्ता सेयर कारोबारमा आएको छ ।

बिहीबारको बजारबाट बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.३० प्रतिशतले बढेर ५०२.८० रुपैयाँ पुगेको हो । यस्तै इष्टर्न हाइड्रोपावरको लगानीकर्ताले बुधबारको बजारबाट ८.२६ प्रतिशतले कमाउँदा हिमालयन लघुवित्तको ७.९१ प्रतिशत र प्रगेशिभ फाइनान्सका लगानीकर्ताले ५.९१ प्रतिशतले नाफा आर्जन गरेका छन् । यस्तै अपर स्याङ्गे हाइड्रोपावरको सेयरको भाउ २ प्रतिशतले बढ्यो ।

बिहीबार इन्फिनिटी लघुवित्तको सेयरको भाउ सर्वाधिक ९.९४ प्रतिशतले घट्यो ।७१ रुपैयाँले भाउ घटेसँगै लघुवित्त कम्पनीको सेयर मूल्य ६४३ रुपैयाँमा झरेको छ । मध्य भोटेकोशी हाइड्रोपावरको ६.४६ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ५.३१ प्रतिशत, सामुदायिक लघुवित्तको ७.६० प्रतिशत र दिब्यश्वरी हाइड्रोपावरको ३.९७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

बिहीबारको गिरावटपछि समग्र बजार पुँजीकरण २९ खर्ब ८३ अर्ब ८८ करोड १५ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन बुधबार बजार पुँजीकरण ३० खर्ब ७२ करोड ८० लाख रुपैयाँ थियो । बिहीबार १७ अर्ब रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।