पर्यटन बोर्ड\एसटीएलआरपी परियोजनालाई पाटा गोल्ड अवार्ड


नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्टसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड –२०२३ प्राप्त गरेको छ ।

पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) ले नेपाल पर्यटन बोर्ड ÷एसटीएलआरपीलाई पाटा गोल्ड अबार्ड २०२३ पदान गरेको हो । पाटा हेडक्वाटरले हिजो विज्ञप्ति जारी गर्दै यो अबार्ड प्रदान गरेको जानकारी दिएको छ ।

यो परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधा अन्र्तगत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो । सन् १९९५ बाट शुरु भएको यो अबार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरुलाई विभिन्न विधामा प्रदान गरिएको छ ।  यो पुरस्कार अक्टुवर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणीराज लामिछानेले जानकारी दिए ।

पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थपकार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनञ्जय रेग्मीले बताए । यस्तै पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरुप पनि बोर्डले विभिन्न राजदुतावास तथा अन्तरराष्ट्रिय संस्थाहरुबाट सम्मानप्राप्त गरेको थियो ।

बोर्डले युएनडीपीसँगको सहकार्यमा शुरु गरेको परियोजनाले लगातार दुई वर्ष यस प्रकारको अबार्ड प्राप्त गर्दा युएनडीपी खुशी रहेको प्रतिक्रिया दिँदै युएनडीपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले यस प्रकारका तालिमले पर्यटनमा भएको महिला सहभागिताको ग्याप कम गर्नुका साथै अल्पसंख्यक अप्लसंख्यकहरुलाई समेत कामको अवसर प्रदान गरेको बताइन् । उनले पर्यटनमा भएको महिला जनशक्तिअभाव तथा समावेशिताको पक्षलाई समेत ध्यानमा राख्दै युएनडीपीले आउँदा दिनमा समेत सहकार्य गर्ने बताइन् ।

बोर्ड तथा एसटीएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यस अन्तरगत महिलाहरुका लागि रिभर गाईड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे«किङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसंग सम्बनिधत विभिन्न विधाका गाइड म्यानुयलहरु तयार गर्दै आइरहेको छ । परियोजनाले अहिलेसम्म करिब एक हजार महिलाहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।