टेस्लाका मोडल-३ र मोडल वाई अन्तर्गतका कारहरुको मूल्य घट्ने

0
Shares

विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी–टेस्लाले अमेरिकामा आफ्ना मोडल–३ वा मोडल वाई कारहरुको मूल्य घटाउने भएको छ ।

खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य आकाशिँदा मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले आक्रामक शैलीमा ब्याजदर बढाइरहेको छ । जसकारण मानिसहरुले यस अघिका वर्षहरुमा जस्तो ऋण लिएर कार तथा घर खरिद गर्न बन्द गरेका छन् । उपभोक्ताको क्रय शक्ति घट्दै जाँदा टेस्लाले मोडल–३ का कारहरुको मूल्य २.७ प्रतिशत र मोडल वाईका कारहरुको मूल्य ४.२ प्रतिशतले घटेको हो ।

पछिल्लो समयमा विद्युतीय कार निर्माता कम्पनीहरुको सङ्ख्या बढ्दै गएको छ । टेस्लाले अन्य विद्युतीय कार निर्माता कम्पनीहरुसँग पनि प्रतिस्पर्धा गरिरहेको छ । सन् २०२३ मा टेस्लाले मोडल–३ का कारहरुको मूल्य १७ प्रतिशत र मोडल वाईका कारहरुको मूल्य २६ प्रतिशतले घटाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।