नेको इन्स्योरेन्सको हकप्रद प्रस्ताव विशेष साधारण सभाबाट पारित

0
Shares

नेको इन्स्योरेन्स लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारण सभाबाट चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित भएको छ ।

सञ्चालक समितिका अध्यक्ष रोहित कुमार भट्टराईको अध्यक्षतामा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा सम्पन्न भएको सभाले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद बिक्री निष्काशन तथा बिक्री गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव, उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

विशेष सभाबाट प्रस्ताव पारित भएको हकप्रद सेयर निष्कासनका पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिनुपर्छ । हाल नेकोको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ । २५% हकप्रद सेयर बराबरको ५० करोड ३१ लाख बराबरको हकप्रद बिक्रीपछि २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।