लक्ष्मी र सनराइज क्यापिटल एक हुने, मर्जर सम्झौता सम्पन्न

0
Shares

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच असोज १८ गते बिहीबार एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका हुन् ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को दफा २९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय सञ्चालन गर्न लागेका हुन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड २०८० साल असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भैसकेको छ । लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच आपसमा गाभ्ने÷गाभिने हुन लागेको हो ।

लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबाट मर्चेन्ट बैंकिङ्ग लगायत अन्य सेवाहरु छुट्टा–छुट्टै रुपमा प्रवाह गरिरहेको अवस्थामा एकै संस्थाबाट सेवा प्रवाह गर्न लागिएको हो ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।