एनआईसी एशिया क्यापिटलद्धारा निःशुल्क लगानी व्यवस्थापन सेवा सञ्चालन

0
Shares

एनआईसी एशिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह, २०२३ तथा चाडपर्वको अवसरमा निःशुल्क लगानी व्यवस्थापन सेवा सञ्चालन गरेको छ ।
क्यापिटलले नेपालीहरुको महान चाड बडा दशैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको पावन अवसरमा लगानी व्यवस्थापन सेवामा असोज २१ देखि मंसिर १५ गतेसम्म आबद्व हुने ग्राहकहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा सहित विशेष अफर योजनाहरु सार्वजनिक गरेको हो ।

अफर अन्तर्गतका लगानी व्यवस्थापन सेवा अन्तर्गत निःशुल्क लगानी व्यवस्थापन सेवा पाउनेछन् । यस्तै यस अफरमा एक्जिट शुल्क नलाग्ने तथा मुनाफाको १० प्रतिशत मात्र पर्फमेन्स् शुल्क लाग्ने बताइएको छ । यसैगरी इन्कम ग्यारेन्टी फन्ड अन्तर्गत असोज महिनाको लागि वार्षिक ११.४६ प्रतिशत ग्यारेन्टेड प्रतिफल र अन्य शुल्क लागू हुनेछैन । साथै सोही अवसरमा क्यापिटलले निम्नअनुसारको थप परिमार्जित सेवाहरु सञ्चालनमा ल्याएको छ ।

(क) सेयर क्लिनिक:

धितोपत्र बजारमा हुने तिब्र उत्तार चढावबाट आम लगानीकर्ताहरुले फाइदा लिन नसकेको परिपेक्षमा एनआईसी एशिया क्यापिटलले बजारमा तीब्र उतार चढाव हुँदा के कसरी लगानी गर्ने र कसरी न्यून जोखिम लिई अधिकतम फाइदा प्राप्त गर्न सकिन्छ भन्ने जस्ता विषयमा आवश्यक जानकारी तथा परामर्श दिने मुख्य उद्देश्यका साथ पूनः “सेयर क्लिनिक” सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाका विशेषताहरु निम्नानुसार रहेको छन् ।

सेयर क्लिनिक” सेवामा ग्राहकहरुले होल्ड गरेका सेयरहरुलाई रिब्यालेन्सिङ्ग एण्ड रिकन्ट्रक्सन गर्न आवश्यक परामर्श सेवा उपलब्ध गराउने, सेयरसँग सम्बन्धित विविध समस्याको एकै ठाउँबाट समाधान र न्यून जोखिम लिई अधिकतम नाफा प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा विशेषज्ञहरुबाट आवश्यक परामर्श उपलब्ध गराइने क्यापिटलले जनाएको छ । साथै क्यापिटलले सेयर बजारको समग्र परिस्थितीलाई अध्ययन गरी लगानी रणनीति बनाउनको लागि सहयोग गर्नेछ ।

(ख) संस्थापक समूहको सेयर कारोबार गर्न प्लेटफर्मः

यस्तै संस्थापक समूहको सेयर कारोबार गर्न प्लेटफर्म उपलब्ध हुनेछ । हाल धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संस्थापक समूहको सेयर खरिद बिक्री प्रकृया धेरै नै झन्झटिलो रहेको र कारोबार गर्न लामो समय लाग्ने भएकोले संस्थापक समूहको सेयर कारोवारलाई सहज गरिदिने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले “संस्थापक सेयर कारोबार प्लेटफर्म” सञ्चालनमा ल्याएको हो । यस अन्तर्गत कुनैपनि व्यक्ति तथा संस्थाहरुसँग भएको संस्थापक समूहको सेयर बिक्री गर्न वा कुनै पनि कम्पनीको संस्थापक समूको सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आफ्नो विवरण (खरिद वा बिक्री गर्न चाहेको संस्थापक कम्पनीकोे नाम, खरिद/बिक्री गर्न चाहेको मूल्य, जम्मा सेयर कित्ता संख्या र आफ्नो सम्पर्क विवरण) [email protected] मा उपलब्ध गराउन सक्नेछन् ।

उपलब्ध विवरणको आधारमा क्यापिटलले सेयर खरिद बिक्री तथा कारोबार गर्नको लागि सम्पूर्ण आवश्यक प्रकृया अगाडि बढाइदिने व्यवस्था मिलाईएको क्यापिटलले जनाएको छ । उल्लेखित सेवाहरुको विस्तृत जानकारीडम्बर राईको मोवाइल नं. ९८४२५४१८७० मा सोझै सम्पर्क गरेर समेत पाउन सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।