वैदेशिक रोजगारीमा रहेका ९७.६५% श्रमिकद्धारा रेमिट्यान्स पठाउन बैंकिङ्ग माध्यमको प्रयोग

0
Shares

वैदेशिक रोजगारारीमा रहेका अधिकांश श्रमिकले बैंकिङ माध्यमबाट रेमिट्यान्स पठाउने गरेको छन् । नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारमा रहेका ९७.६५ प्रतिशत श्रमिकले बैंकिङ्ग च्यानल मार्फत रेमिट्यान्स पठाउने गरको हुन् ।

केन्द्रीय बैंकले लुम्बिनी प्रदेशमा केन्द्रीय भई वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावको अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन अनुसार बैंकिङग च्यानलभन्दा बाहिरबाट रेमिट्यान्स पठाउने श्रमिकको हिस्सा २.३५ प्रतिशत मात्रै रहेको छ । पछिल्लो समयमा श्रमिकले बैंकिङ्ग च्यानल मार्फत रेमिट्यान्स पठाउन थालेपनि हुन्डीको कारोबारमा समेत कमी आएको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७०–७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड विप्रेषण रकम नेपाल भित्रिएकोमा यो रकम वार्षिक औसत ११.१३ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९–८० सम्म आईपुग्दा १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ पुगेको देखिन्छ । यो रकम आर्थिक वर्ष २०७९–८० को कुल गार्हस्थ्य उत्पादनमा २२.७० प्रतिशत हुन आउँछ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९–८० मा नेपालबाट श्रम स्वीकृति लिनेको सङ्ख्या आर्थिक वर्ष २०७८÷७९ को तुलनामा २२.४२ प्रतिशतले वृद्धि भई ७ लाख ७१ हजार ३२७ जना पुगेको छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संङ्ख्या आर्थिक वर्ष २०७८–७९ को तुलनामा आर्थिक वर्ष २०७९–८० मा ८.५५ प्रतिशतले वृद्धि भई १ लाख ३६ हजार ९८४ जना पुगेको छ । यो सङ्ख्या श्रम स्वीकृति लिने कुल सङ्ख्याको १७.७६ प्रतिशत हो ।

अध्ययन अनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको शैक्षिक अवस्था हेर्दा आधारभूत, माध्यमिक, स्नातक र स्नातकोत्तर वा सो भन्दा माथि अध्ययन गरेका व्यक्तिहरु क्रमशः ४०.७३ प्रतिशत, ४३.०८ प्रतिशत, १३.३२ प्रतिशत र २.८७ प्रतिशत रहेको देखिन्छ । अध्ययन अनुसार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी यूएईमा २४.२८ प्रतिशत र सबैभन्दा कम ओमन तथा बहराइन दुबैमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएको अध्ययनले देखिएको छ ।

अध्ययन प्रतिवेदन अनुसार वैदेशिक रोजगारी अन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारीमा जानुपर्ने कारणहरुमध्ये पारिवारिक आर्थिक अवस्था सुधार्न जाने सबैभन्दा बढी अर्थात ४१.८० प्रतिशत छन् । त्यसैगरी सीपमूलक तालिम नलिई वैदेशिक रोजगारमा जाने श्रमिक ७६ प्रतिशत रहेका छन् भने तालिम लिएर जाने २४ प्रतिशत रहेका छन् । त्यस्तै वैदेशिक रोजगारीमा जानुपूर्व स्वदेशमा कुनै पेशामा आबद्ध रहेका र आबद्ध नरहेका व्यक्तिहरु क्रमशः ४० प्रतिशत र ६० प्रतिशत रहेका छन् ।

अध्ययन अनुसार वैदेशिक रोजगारीबाट वार्षिक ५ लाखसम्म, ५ देखि १० लाखसम्म र १० लाख भन्दा माथि आय—आर्जन गर्नेहरु क्रमशः ४२.३० प्रतिशत, ३९.६९ प्रतिशत र १८.०१ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारीमा जाँदा एक लाखसम्म, एक देखि २ लाखसम्म, २ देखि ३ लाखसम्म, ३ देखि ४ लाखसम्म र ४ लाखभन्दा माथि खर्च गरेर जानेहरु क्रमशः २२.५० प्रतिशत, ४२.० प्रतिशत, १४.९ प्रतिशत, ४.७० प्रतिशत र १५.९० प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमध्ये १५.१० प्रतिशतले मात्र रोजगारीमा जाँदा लागेको खर्चको व्यवस्थापन बैंक–वित्तीय संस्थाबाट गरेका छन् भने ८४.९० प्रतिशतले ऋण–सापटी गरेर सो खर्चको व्यवस्थापन गर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययन अनुसार वैदेशिक रोजगारीबाट आर्जन गरेको रकममध्ये दैनिक उपभोग, शिक्षा/स्वास्थ्य, ऋण तिर्न र मनोरञ्जन तथा अन्यमा क्रमशः ५८.७८ प्रतिशत, २२.४८ प्रतिशत, १०.०७ प्रतिशत र ८.६७ प्रतिशत खर्च गर्ने गरेको देखिन्छ ।

अध्ययन अनुसार ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको छ । त्यस्तै, ९६.०८ प्रतिशत परिवारको चाडपर्व–मनोरञ्जन–सामाजिक खर्च समेत बढेको पाईएको छ । लगानीको अवस्था हेर्दा व्यापार व्यवसाय, घर–घडेरी र गरगहनामा क्रमशः ६८.२१ प्रतिशत, ६५.८० प्रतिशत र ६३.१९ प्रतिशत परिवारको लगानी विस्तार भएको पाइएको छ ।

वैदेशिक रोजगारीमा संलग्न परिवारहरुमध्ये ८८.२५ प्रतिशत परिवारले बचत बढेको बताएका छन् । त्यस्तै उक्त परिवारमध्ये १३.०५ प्रतिशतले खेतीयोग्य जमिन बढेको, ५१.४४ प्रतिशतले खेतीयोग्य जमिन यथावत् रहेको तथा ३५.५१ प्रतिशतले खेतीयोग्य जमिन घटेको बताएको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा संलग्न परिवारका सदस्यहरुमध्ये ८६ प्रतिशतले आर्थिक कारोबार गर्न विद्युतीय माध्यम तथा चेकको प्रयोग गर्ने गरेको पाइयो भने १४ प्रतिशत परिवारले आजको अवस्थासम्म पनि नगद मात्र प्रयोग गरेको पाइयो । वैदेशिक रोजगारीमा गएपछि परिवारका सदस्यहरुको बचत खाता तथा कर्जा खाता सङ्ख्यामा क्रमश ः ३९.५८ प्रतिशत तथा १३०.६५ प्रतिशतले वृद्धि भएको देखिएको छ । त्यस्तै, वैदेशिक रोजगारी जानु पूर्व बैंकमा कुनै पनि खाता नरहेको परिवार सङ्ख्या ३७.०८ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

जिल्लागत रुपमा वैदेशिक रोजगारीमा गएका परिवारको स्वास्थ्य बीमामा आबद्धता गुल्मी जिल्लामा सबैभन्दा धेरै ६९.२३ प्रतिशत र रोल्पा जिल्लामा सबैभन्दा कम २१.०५ प्रतिशत रहेको अध्ययनबाट देखिन्छ । अध्ययन अनुसार ३७.९६ प्रतिशत परिवारको वैदेशिक रोजगारीमा गएपछि सम्बन्ध सुधार भएको देखिन्छ । त्यस्तै, ५४.२८ प्रतिशत परिवारको सम्बन्ध यथावत् रहेको छ भने ७.७६ प्रतिशत परिवारको सम्बन्ध कमजोर तथा बिग्रिएको देखिन्छ ।

वैदेशिक रोजगारीमा जानु पूर्व लघुवित्त, सहकारी तथा अन्य संघ–संस्थाहरुमा पारिवारिक सदस्यहरुको आबद्धता ३७.३४ प्रतिशत रहेकोमा सोमा वृद्धि भई ६४.२३ प्रतिशत पुगेको अध्ययनबाट देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहु