सीताराम गोकुल मिल्क्सले ल्यायो, स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार

0
Shares

सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा.लि.ले  ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योगले बडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकहरूका लागि उक्त अफर ल्याएकाे हाे ।

अफर अन्तरगत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त गर्नेछन् र लक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ । यस योजना अन्तर्गत बम्पर उपहारमा ३ जनाले हाइसेन्स ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टि।भी र वाशिङ्ग मेसिन पाउनेछन् । त्यस्तै अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् । यो योजना दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुनेछ ।

असाध्यै रुचाइएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा। लि।ले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरु ग्राहकहरु माझ निरन्तर उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरु ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च गुणस्तरको प्याकेजिङ्गका साथ बजारमा उपलब्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहु