आरएसडिसी लघुवित्तको ९ प्रतिशत संस्थापक सेयर हिस्सा घट्ने

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले हाल कायम रहेको संस्थापक सेयरमध्ये ८ प्रतिशत हिस्सा घटाउने भएको छ । लघुवित्तले संस्थापकतर्फको उक्त सेयर सर्वसाधारणमा परिणत हुने जनाएको हो ।

हाल कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेको छ । सो सेयर संरचनामा सर्वसाधारणतर्फ ९ प्रतिशतले बढाएर संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्ने जानकारी कम्पनीले दिएको हो । यसो हुँदा ९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत भई हाल कायम रहेको ४० प्रतिशत सर्वसाधारणतर्फ सेयर ४९ प्रतिशत कायम हुनेछ ।

लघुवित्तले संस्थापक सेयरधनीहरूलाई आफ्नो संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्न इच्छुक नभएमा ३५ दिनभित्र जानकारी गराउन समेत अनुरोध गरेको छ । तोकिएको उक्त अवधिमा जानकारी नगराए कानुन बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीको भनाई छ ।

सेयर संरचना परिवर्तपछि लघुवित्तमा संस्थापक लगानीकर्ताको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।