राष्ट्र बैंकले तरलता नखिचेपछि ब्याजदर घटाउने दबाबमा बैंकहरु

0
Shares

बैंक तथा वित्तीय संस्थालाई कात्तिक महिनामा ब्याजदर घटाउनु पर्ने दबाब बढेको छ । वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ट्रेजरी बिल्स र विकास ऋणपत्रलाई मात्र प्रयोग गरेपछि ब्याजदर घटाउन बाध्य भएका हुन ।

बैंकहरुले तरलता सहज भएको अवस्थामा पनि न्यून रहेको भन्दै सरकारसंग स्थानिय तहको सञ्चितिलाई तरलतामा गणना गर्न माग गरे । सो अनुसार सरकारले पनि ब्याजदर घट्ने अपेक्षा सहित स्थानिय तहको सञिचतिलाइ ६० प्रतिशत सम्म गणना गर्न दियो । सरकारले स्थानिय तहको पैसालाई पनि निक्षेपमा गणना गर्न दिएसंगै वित्तीय प्रणालीमा झनै अधिक तरलता भयो । उक्त तरलतालाई बैंकहरुले केन्द्रीय बैंकमा राखेर ब्याज आम्दानीको गर्न खोजे । उक्त प्रषसलाई केन्द्रीय बैंकले सफल हुन दिएन ।

बैंकहरुले अधिक तरलता भएको अवस्थामा पनि आफ्नो निक्षेप जोगाउने वा नयाँ निक्षेप अकर्षण गर्न असोज महिनाको ब्याजदर बढाए । तरलता अवस्था सहज भएको अवस्थामा समेत आधा दर्जन बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि कर्जाको माग झनै प्रभावित भयो ।

बैंकहरुले निक्षेपको ब्याजदर बढाएर स्रोत बढाउन खोज्दा कर्जाको मागमा असर पुग्यो । कर्जाको माग नभएपनि बैंकहरुले ब्याजदर बढाएर लिएको निक्षेपले लागत मात्र बढायो । मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले अन्तर बैंक दर ४.५ प्रतिशत भन्दा तल आएको खण्डमा रिभर्स रिपो, निक्षेप संकलन, स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्ने व्यवस्था छ । तर, केन्द्रीय बैंकले सो अनुसार तरलता खिच्ने उपकरण प्रयोग नगरी विकास ऋणपत्रलाई मात्र प्रयोग गर्यो।

आर्थिक गतिविधिमा देखिएको सुस्तता र ब्याजदर नघटेपछि कर्जाको माग बढ्न नसकेन । कर्जाको माग नभएपनि बैंकहरुले सरकारी ऋणपत्रमा लगानी बढाउन थाले । सरकारी ऋणपत्रमा लगानी गर्दा आउने प्रतिफल भन्दा निक्षेपको लागत धेरै भएपनि बैंकहरु कात्तिक महिनामा ब्याजदर घटाउनु पर्ने दबाब परेका हुन । त्यसैले बैंकहरुले लागत घटाउन भएपनि कात्तिक महिनामा ब्याजदर घटाउने बताउदै एक बैंकले भने,“कर्जाको माग बढ्न सकेको छैन, ब्याजदर बढाएर लिएको निक्षेप सरकारी ऋणपत्रमा लगानी गनु परेको छ ।” असोजमा केही बैंकहरुल ब्याजदर बढाएको भएपनि कात्तिक महिनाका लागि घटाउनै पर्ने अवस्था रहेको उनको भनाई छ ।

भद्र सहमती गर्दे आएका बैंकहरुले खुला छोडेपछि आफ्नो अवश्यकता अनुसार ब्याजदर घटाउने बढाउने गर्दै आएका छन् । असोज महिनामा केहीले बढाउने र घटाउने गरेको भएपनि कात्तिक महिनाका लागि घटाउने निश्चित भएको हो । असोज महिनामा सबैभन्दा धेरै ब्याजदर अफर गर्ने बैंकले ११.३५८ प्रतिशतसम्म तोकेको थियो । केही बैंकहरुले भने भदौको तुलनामा असोजमा समान्य दरले ब्याजदर घटाएका पनि थिए । बैंकहरुले अघिल्लो महिनाको १० प्रतिशतसम्म ब्याजदर बढाउन सक्छन भने घटाउदा सोभन्दा धेरै पनि सक्छन ।

चाडबाड नजिकिएसंगै रेमिट्यान्स आएको वृद्धि तथा स्थानिय तहको पैसाले अधिक तरलताको अवस्था सृजना ग्रयो । यो अवधिमा अर्थतन्त्रमा देखिएको समस्याका कारण कर्जाको मागमा सुधार आउन नसकेधपछि बैंकहरुमा पेसा थुप्रिने क्रम कायम रह्यो । बैंकहरुमा अधिक तरलता भएपनि अल्पकालिन ब्याजदरहरु समेत निरन्तर घट्दो क्रममा देखिन थाले । यो अवधिमा अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेको छ भने सरकारी ऋणपत्रको ब्याजदर समेत घटेको छ । यसले गर्दा पनि बैंकहरुले कात्तिक महिनामा ब्याजदर घटाउनु पर्ने अवस्था बनेको छ ।

वित्तीय प्रणालीमा निक्षेप थपिने क्रममा जारी छ । राष्ट्र बैंकका अनुसार पछिल्ला दिनहरु अन्तर बैंक दर समेत घटेर १.९९ प्रतिशतमा झरेको छ । त्यसैगरी निक्षेप वढे अनुसार बैंकहरुमा कर्जा माग नभएपनि कर्जा निक्षेप अनुपात पनि ८१.८१ प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकका अनुसार बैंक वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात ९० प्रतिशत राख्नु पर्ने हुन्छ । यो अनुपातलाई हेर्दा पनि बैंकहरुले प्रयाप्त कर्जा दिन सक्ने क्षमता रहेको देखिन्छ । बैंकहरुमा थुप्रिएको पैसालाई परिचालन गर्न पनि कात्तिक महिनामा ब्याजदर घट्ने स्पष्ट छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।