सामसङको २०२३ टिभी सिरिज नेपाली बजारमा


सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सामसङ २०२३ टिभी सिरिज नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो नयाँ लाइन–अपको टिभीहरु ४३ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार नेपाली बजारमा सार्वजनिक गरिएका नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा सामसङको फ्ल्यागसीप फिचरहरु जडित रहेका छन् । सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नका लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ । यसैसँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरु पुनर्नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिंगका पनि प्रगोग गरिएको छ । यसका साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका २०२३ टिभीहरुमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध रहेको छ ।

यी सिरेजमा कनेक्टेड एक्सपिरियन्स ग्राहकका घरमा ल्याउन सक्षम हुने सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिकस्का महाप्रबन्धक आलोक कुमार गुप्ताले बताए । कम्पनीका अनुसार नयाँ २०२३ लाइन–अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । हाइ डाइनामिक रेन्जबाट सम्भव भएको प्रकाश स्तरहरूको परिष्कृत दायराको साथ, प्रयोगकर्ताहरूले रङहरूको विशाल स्पेक्ट्रम र सबैभन्दा अँध्यारो दृश्यहरूको सानो सानो विवरणहरू पनि देख्न सकिने कम्पनीको भनाइ छ । ओटीएस लाइट सुविधाले दुई भर्चुअल स्पिकरहरू र एडप्टिभ साउन्ड मार्फत सिर्जना गरिएको थ्रीडी सराउण्ड साउन्डको साथमा अन–स्क्रिन भएका गतिहरूलाई यथार्थपरक अनुभूति गराउने कम्पनीले बताएको छ ।

सामसङ गेमिङ हबको साथ कन्सोल बिना नै तुरुन्तै सबै उत्कृष्ट कन्सोल गेमहरू, स्ट्रिमिङ गेमहरू र थप सबैलाई एकै ठाउँमा पाउनुहोस् र स्क्रिनमा हुने चालहरू अनुकूलन गर्नको लागि स्मूथ मोशन प्रदर्शन, स्वचालित समायोजनको साथै मोशन एक्सलेरेटरले ल्याउने स्पष्ट चित्र र प्रदर्शनहरूले ग्राहकको गेमिङ अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीले बताएको छ ।

नयाँ क्रिष्टल यूएचडी सीयू ७७००, सीयू८०००, क्यूएलईडी टिभीएस क्यू६०सी श्रृृङ्खलाहरू २०२३ सी–सिरिजको यो दशैं र तिहार विशेष अफरमा उपलब्ध छन । यस अफर मार्फत सामसङ टिभीहरूमा ४१ प्रतिशतसम्म छुट र सन् २०२३ को अन्त्यसम्म यस अफर अवधिमा खरिद गरेको हरेक टिभीमा ३ वर्षको वारेन्टी अवधिको मजा लिन सकिने कम्पनीले बताएको छ ।

चाडपर्व अफरमा नयाँ सी–सिरिजको मूल्य विशेष ७२ हजार १५९ रुपैयाँबाट सुरु हुने कम्पनीले बताएको छ । नयाँ २०२३ सामसङ टिभीहरूका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा।लि र आधिकारिक दिस्त्रिब्युतर त्रिवेणी ब्यापार कम्पनी लिमिटेडको डिलर नेटवर्क अन्तर्गत नेपालभरका डिलर नेटवर्कबाट उपलब्ध छन्। ग्राहकले सामसङबाट ० प्रतिशत ईएमआई सेवा, स्मार्ट प्लाजाबाट झन्झट मुक्त इन्स्टा फाइनान्समा खरिद र अर्कोस्टोरबाट एक्सचेन्ज सेवा पाउन सक्छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।